सेभेन ए साइड फुटबलमा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन
मनिष बने सर्वाेत्कृष्ट
पाेखरा | असार ९, २०८२
पोखरा विश्वविद्यालय कानून समाजद्वारा आयोजित ‘प्रथम अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगिता’मा पृथ्वीनारायण क्याम्पसको बिएएलएलबी टिम ‘ए’ च्याम्पियन बनेको छ ।
पोखरा विश्वविद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा गण्डकी विश्वविद्यालयलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगितामा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै पिएन क्याम्पसले नगद रु २२ हजार २ सय २२को साथमा शिल्ड तथा मेडल प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको गण्डकी विश्वविद्यालयले नगद रु ११ हजार १ सय ११ को साथमा शिल्ड तथा मेडल हात पार्याे ।
उक्त फाइनल खेलमा मनिष चौधरीले २ गोलको योगदान दिए भने, सिद्धान्त बोटे र भुवन सिं शेर्माले समान १/१ गोल गरे ।

सो प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडीका रुपमा मनिष चौधरी घोषित हुँदै नगद रु ५ हजार बराबरको स्वास्थ्य परिक्षणको भौचर र मेडल प्राप्त गरे ।
पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको नेतृत्वमा बनेको पिएन क्याम्पस बिएएलएलबीको टिमको प्रशिक्षकमा फुटबलर अञ्जन देवकोटा रहेका थिए ।
सो प्रतियोगितामा पोखरा विश्वविद्यालय समूह (क), पोखरा विश्वविद्यालय समूह (ख) गण्डकी विश्वविद्यालय समूह, पृथ्वीनारायण क्याम्पस समूह (क) र पृथ्वीनारायण क्याम्पस समूह (ख) गरी कुल ५ टिमको सहभागिता रहेको थियो ।

काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

